हत्या, हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको छ : गृहमन्त्री

0

असोज ९ । गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा सांसदले उठाएका हत्या, हिंसाका घटनाबारे सदनलाई जानकारी दिँदै उनले राजनीतिक संकल्प र कठोर कानुन बनाएर हत्या र हिंसाका घटनालाई नियन्त्रण गरिने प्रतिबद्धता जनाए ।निर्मला पन्तको हत्या महिला हिंसाको प्रतिनिधिमूलक घटना भएको बताउँदै उनले निर्मला पन्तको हत्यामा सम्बन्धित निकायको गम्भीर कमजोरी र गैरजिम्मेवारीका कारण अनुसन्धानमा केही ढिलाइ भएपनि हत्यारालाई कानुनी कठघरामा उभ्याउन सफल हुने विश्वास दिलाए ।लागुऔषध र घरेलु मदिराले हत्या, हिंसाका घटनालाई बढाएकाले त्यसलाई रोक्ने प्रयास भइरहेको बताउँदै गृहमन्त्री थापाले विकास र समृद्धिको माध्यम पनि समाजलाई परिवर्तन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनले वर्तमान सरकार स्पस्ट दृष्टिकोणका साथ अघि बढिरहेको हुँदा त्यसलाई रोक्ने सफल हुने अठोट व्यक्त गरे ।सरकार र नागरिकको समन्वयमामात्र पूर्णसुरक्षा सम्भव भएकाले वडास्तरबाटै संयन्त्र बनाएर अभियान चलाउन आवश्यक रहेको उनले बताए ।आगामी दसैं र तिहारमा यातायात व्यवस्थापन र खाद्यान्न ढुवानीमा कुनै समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले उपत्यकाबाहिर जाने यात्रीका लागि टिकट बुकिङ खुला भइरहेको बताए ।

Share.

Leave A Reply