एसिड र छुरा आक्रमणबाट गम्भीर घाइते परियारको अवस्था ‘सुधारोन्मुख’

0

असोज ९ । एसिड र छुरा प्रहारबाट गम्भीर घाइते भएकी नवलपुर, कावासोतीकी २७ वर्षीया बसन्ती परियारको अवस्थामा केही सुधार भएको चिकित्सकहरुले बताएका छन् ।उनको शरीरको २० प्रतिशत भाग एसिडबाट जलेको छ ।एसिड आक्रमणमा परेका बिरामीको अवस्थाबारे ४८ घन्टापछिमात्रै भन्नसकिने भएपनि बसन्तीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चितवनस्थित भरतपुर अस्पतालका डा. सुरेश प्रधानले बताए ।परियारको भरतपुर अस्पतालमा उपचार भइरहेको हो ।
कावासोती नगरपालिका–९, डन्डाबजारकी बसन्तीलाई उनकै छिमेकी विमल श्रीपालीले सोमबार राति एसिड प्रहार गर्नुका साथै छुरासमेत हानेको प्रहरीले जनाएको छ ।बजारबाट तरकारी किनेर घर फर्कंदै गर्दा उनीमाथि एसिड र छुरा प्रहार भएको थियो ।एसिड प्रहार गर्ने श्रीपाली नवलपुर प्रहरीको नियन्त्रणमा छन् ।

Share.

Leave A Reply