play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

राप्ती गोल्डकपको खेल तालिका सार्वजनिक

0

असोज ९ । चितवनको भण्डारामा यही असोज १७ गतेदेखी सुरु हुन लागेको प्रथम राप्ती गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ । आयोजक हर्दी युवा समाजले सार्वजनिक गरेको तालिका अनुसार समुह ए मा अभिषेक चर्च,युवा स्पोर्टस, लालवन्दी ११, भरतपुर फुटवल क्लव,पोखरा युनाईटेड,रामपुर फुटवल क्लव र विजय युथ हेटौडा छन् भने समुह बी मा बीरगंज युथ एकेडेमी,एभरेष्ट फुटवल क्लव भरतपुर,निजगढ फुटवल क्लव,आयोजक हर्दी युवा समाज,रुपन्देही ११,चौधरी ११ र शशस्त्र प्रहरी वल (एपिएफ ) रहेका छन् । गोल्डकफको उद्घाटन खेलमा युवा स्पोर्टस बीरगंज र अभिषेक चर्च रजहर भिड्ने आयोजक हर्दी युवा समाजका अध्यक्ष शम्भु विकले जानकारी दिए । विजय युथ क्लव हेटौडा र एपिएफले बाई पाई अरु भन्दा एक खेल कम खेल्नेछन् । यो गोल्डकप पूर्वी चितवनकै हालसम्मको सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता हो । गोल्डकपको विजेताले नगद २ लाख,२ हजार २२२ रुपैया र उपविजेताले नगद १ लाख १ हजार १११ रुपैया प्राप्त गर्ने प्रतियोगिताका संयोजक विकास मोक्तानले वताए ।

Share.

Leave A Reply