play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

खैरहनीमा ध्वनी सुचना पाटी

0

असोज ९ । खैरहनी नगरपालिकाले नगरपालिकालाई सुचना प्रविधिमैत्री वनाउने क्रममा ध्वनी सुचना पाटी( अडियो नोटिस वोर्ड ) को सुरुवात गरेको छ । सो वोर्ड मार्फत नगरपालिकाका हरेक सुचनाहरु सरोकारवालाहरुले आवाज मार्फत सुन्न सक्नेछन् । नगरपालिकाले सोमवारदेखी यो प्रविधिको विस्तार गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । सुचनाका लागि १६१८०५६५८२८८५ नम्वर डायल गर्नु पर्ने हुन्छ । सामाजिक सञ्जाल ,पत्रपत्रिकाको पौचमा पुग्न नसकेका नगरवासी तथा नगरपालिका कार्यालय सम्म नपुगि सुचना थाहा पाउन ध्वनी सुचना पाटीले सहयोग पुग्ने प्रमुख प्रशासकिय अधिकृत शर्माले वताए । नगरपालिकाले यसअघि ग्रुप एसएमएस सिस्टमबाट सुचना,चिठी पठाउने ,घटना दर्ता अनलाईन मार्फत दर्ता गर्ने,खैरहनी १ क्षेत्रमा पर्ने पुर्वपश्चिम राजमार्गमा सिटी क्यामेरा जडान गर्ने काम गरिसकेको नगरपालिकाका सुचना तथा प्रविधि अधिकृत सुरेश चौधरीले जानकारी दिए ।

Share.

Leave A Reply