कैलारीमा क्याम्पस सञ्चालनका लागि आएको ५० लाख रूपैयाँमा सपिङ कम्प्लेक्स निर्माण

0

७ असोज, कैलारी गाउँपालिका-१ हसुलियामा रहेको पुरानो विद्यालय दिपेन्द्र माध्यामिक विद्यालयले सामुदायिक क्याम्पस निर्माणका लागि गाउँपालिकाबाट पाएको ५० लाख रुपैयाँ दुरुपयोग गर्दै विद्यालय हातामा सपिङ कम्प्लेक्स निर्माण गरेको छ ।गाउँपालिकाले क्याम्पस निर्माणका लागि गत वर्ष २५ लाख धरौटी र २५ लाख नगद रकम विद्यालयको खातामा पठाएको थियो । वि.सं. २०१० सालमा स्थापना भएको सो विद्यालयका अधिकांस भवन जीर्ण अवस्थामा छन् ।ती भवनको मर्मत सम्भारसमेत नगरी विद्यालयले १० कोठे सपिङमल निर्माण गरेपछि त्यसको स्थानीयहरुले बिरोध गरेका छन् ।स्थानीहरुले क्याम्पस निर्माणका लागि गाउँपालिकाले दिएको रकमले विद्यालयले सपिङमल बनाएपछि छानविन गर्न आग्रह गरेका छन् ।
स्थानीयहरुले विद्यालयमा रहेको भौतिक संरचना जीर्ण भएको र नयाँ भवनको आवश्यकता हुदाँ हुदै विद्यालयले सपिङमल बनाउनुको कारण खोजिनुपर्ने माग राखेका छन् ।विद्यालयले महायज्ञ लगाएर समेत केही रकम संकलन गरेको थियो । तर, महायज्ञको आम्दानी र खर्चको विवरण अहिलेसम्म विद्यालयले सार्वजनिक गरेको छैन ।दिपेन्ऽ माध्यामिक विद्यालयमा रहेका अधिकाश भवन पुराना भइ जीर्ण अवस्थामा छन् र ती भवनको मर्मत सम्भार गर्न निकै जरुरी छ ।जिल्लाकै सबैभन्दा पुरानो विद्यालय भएपनि सुधारका लागि कुनै प्रयास भएको पाइँदैन् । हाल उक्त विद्यालयमा करिब ८ सय विद्यार्थी अध्ययनरत छन् ।विद्यालयका प्रार्चाय श्याम मल्लले भने पि|mज जान थालेको वजेटलाई सदुपयोग गर्न सपिङमल बनाएको तर्क गरे ।

Share.

Leave A Reply