play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

मन्त्रिको पावर: मन्त्रीको ठाडो आदेशमा कोशी अञ्चल अस्पतालमा १४ जनालाई जागिर

0

८ असोज, कोशी अञ्चल अस्पताल विराटनगरमा प्रदेश सरकारका मन्त्रीको ठाडो आदेशमा १४ जनालाई नियुक्ति दिइएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको ठाडो आदेशमा अञ्चल अस्पतालमा १४ कर्मचारीलाई नियुक्ति दिइएको हो ।मन्त्री घिमिरेका निजी सचिव हिक्मतबहादुर बस्नेतले नियुक्तिका लागि कर्मचारीको सूचीसहितको पत्र पठाएपछि अस्पताल प्रशासनले नियुक्ति दिएको हो । नियुत्ति पाएका कर्मचारीले काम सुरु गरिसकेका छन् । सामाजिक विकास मन्त्रालयको गत भदौ २९ गते चलानी नम्बर ०२ को पत्रका आधारमा अस्पतालले सुरुमा १२ र पछि थप २ गरी १४ जनालाई नियुक्ति दिएको हो ।मन्त्रालयले कार्यालय सहयोगीका रुपमा सुवास निरौला, सीतादेवी कामत, अनिरुद्र राजवंशी, दिनेश कामत, जावेद आलम, मैयाँदेवी मैनाली, जयनारायण श्रीदेव, हरिपि्रया नेपाल, रामकृष्ण राजवंशी, कविता कार्की, अमित कामत र डाइटेसियनमा समीक्षा दुलाललाई नियुक्ति गर्न पत्र पठाएको थियो । त्यस्तै कार्यालय सहयोगी भीम ताजपुरिया र दिपा भुजेललाई नियुक्ति गर्न पनि मन्त्रालयले पत्र पठाएको थियो ।
कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोसन पोखरेलले सामाजिक विकास मन्त्रालयबाट नाम आएकाहरुलाई असोज १ गतेबाट लागू हुने गरी नियुक्ति दिइएको जानकारी दिए । १४ जनालाई असोज मसान्तसम्मका लागि करार नियुक्ति दिइएको पोखरेलले बताए ।मेसु पोखरेलका अनुसार नियुक्ति दिएकामध्ये ८ जनाले काम सुरु गरेका छन् । अञ्चल अस्पताल प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको मातहत आइसकेकोले मन्त्रालयले दिएको आदेश अनुसार नियुक्ति गरेको प्रमुख पोखरेलले बताए ।प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे भने आफूले कसैलाई नियुक्ति दिन दबाव नदिएको बताउँछन् । अञ्चल अस्पताल आफ्नो मन्त्रालय मातहत रहेको बताउदै उनले मन्त्रीको दबावमा नियुक्ति दिएको भन्न नमिल्ने बताए ।अस्पतालमा ५३ जना कार्यालय सहयोगीको दरबन्दीमा १३ वटा केही समयदेखि खाली थियो । खाली रहेको कोटामा मन्त्रीले आफ्ना निकटका मानिसलाई नियुक्ति दिएका हुन् । सरकारी कार्यालयले कुनै पदमा पदपूर्ति गर्न सार्वजनिक सूचना निकाल्नुपर्ने प्रावधान छ, तर नियम मिच्दै मन्त्रीको ठाडो निर्देशनमा कर्मचारी नियुक्त गरिएको हो ।

Share.

Leave A Reply