play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

काठमाडौंको सिमलटारस्थित आरुबारीमा २८ वर्षीया युवती बलात्कृत

0

८ असोज, काठमाडौंको सिमलटारस्थित आरुबारीमा २८ वर्षीय युवती बलात्कृत भएकी छन् । मानसिक रोगी ती युवती स्थानीय एक ग्रिल पसलमा बलात्कृत भएकी हुन् ।उनलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, बौद्धले सोलुखुम्बुका दावा तामाङलाई पक्राउ गरेको छ ।युवती चर्चबाट फर्किँदै गरेको वेला फकाएर लगेर तामाङले बलात्कार गरेको पीडित परिवारको आरोप छ । तामाङको बुबाले सञ्चालन गरेको ग्रिल पसलमा लगेर उनले बलात्कार गरेको जनाइएको छ ।
प्रहरी स्रोतका अनुसार तामाङले बयानमा आफ्नो कसुर स्वीकारेका छन् । उनले आफूले मादक पदार्थ सेवन गरेको तालमा घटना भएको बयान दिएको प्रहरीले जनाएको छ ।थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Share.

Leave A Reply