play_circle_outline On Air

आशाको बाँडी

play_circle_outline On Air

आशाको बाँडी

चितवन सम्पर्क समिति कोरियाद्वारा दुई बिरामीलाई आर्थिक सहयोग

0

अशोज ०८, कोरियामा रहेका माडीबासीहरु तथा समितिको आर्थिक सहयोगमा चितवन सम्पर्क समिति द कोरियाले माडी नगरपालिकाका दुई बिरामीलाई सहयोग हस्तान्तरण गरेका छन । माडी -५ निवासी क्यान्सर पीडित दिल कुमारी थरुनी र माडी -३ का मनोज कुमार महतो लाई रु ५० हजार सहयोग गरिएको थियो। माडी नगरपालिका उपप्रमुख ताराकाजी महतोको प्रमुख आतिथ्यमा सम्पन्न सहयोग रकम हस्तान्तरण कार्यक्रममा चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति का महासचिव रामबाबु थापा , माडी -३ का वडा अध्यक्ष पुरन महतो , प्रर्यटन बिकास समिति माडीका अध्यक्ष नारायण पौडेल , कोरियामा रहेका माडीबासीहरु र उनिहरुका परिवार , स्थानीय समाजसेवी र पत्रकार हरुको उपस्थित रहेको थियो।
उक्त कार्यक्रममा माडी नगर उपप्रमुख ताराकाजी महतो ले सहयोग रकम तपाईं हरुको उपचारमा प्रयाप्त नभए पनि भावनात्मक रूपमा प्रयाप्त भएको तथा दुखमा साथदिने सहयोगी हरुको यो कदमले बिरामीको आधा बिमार निको हुने आशा व्यक्त गर्नुभयो । सोही कार्यक्रममा प्रर्यटन बिकास समितीका अध्यक्ष नारायण पौडेलले माडीमा कोरियाबासी हरुले गरेको सहयोग आर्थिक र भावनात्मक रुपमा महत्वपूर्ण भएको र दु:खमा साथ दिने कोरियामा रहेका चितवनबासी हरुलाई सधैं दिन पुगोस् र खान पुगोस् भन्दै बिरामी द्वयलाइ शिग्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव रामबाबु थापा तथा चितवन सम्पर्क समिति द कोरियका निबर्तमान उपाध्यक्ष सुर्य पनेरुले सस्थाको जानकारी गराउदै बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।मृगौला पिडीत मनोज कुमार महतोको एक हप्ता अगाडि सफलता पुर्वक मृगौला प्रत्यारोपण गरिएको छ भने क्यान्सर पिडीत दिल कुमारीको उपचार भै रहेको छ। बिरामी हरुको घरमै गएर गरिएको कार्यक्रमको सन्चालन चितवन सम्पर्क समिति द कोरियाका निबर्तमान सचिब सुलभ पोखरेलले गर्नु भएको थियो।

Share.

Leave A Reply