play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता ः महानगर प्रमुख दाहाल

0

चितवन,असोज ८ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको बताउनु भएको छ । श्री किरण अम्मरजंग गुरूङ्ग मावि रानिपोखरीको स्वर्णस्तम्भको शिलान्यास गर्दै महानगर प्रमुख दाहालले यस्तो बताउनु भएको हो । समय अनुसार राष्ट्रको आवश्यकता पूरा गर्न वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी शिक्षा प्रणालीको विकास गर्दै यसलाई अभियानको रूपमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकी दाहालले सामुदायिक विद्यालयहरूले विद्यार्र्थी, अभिभावकहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम छ भन्ने विश्वास दिलाउन आवश्यक भएको बताउनुभयो । उहाँले अब सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका, कर्मचारीहरूपनि प्रतिस्पर्र्धी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संघीय गणतन्त्र घोसणासँगै विद्यालय शिक्षा स्थानीय निकाय मातहत आएको भन्दै महानगरपालिका भित्रका शिक्षण संस्थाहरूमा नियमन र अनुगन गर्दै अगाडि बढाउने बताउनुभयो । सामुदायिक विद्यालयहरूको स्तर उन्नती र गुणस्तर कायम गर्नु प्रमुख आवश्यकता रहेको बताउँदै उहाँले महानगरपालिकाले यस सम्बन्धी काम अगाडि बढाइरहेको बताउनुभयो ।

श्री किरण माविको स्वर्ण स्तम्भ निर्माणका लागि भरतपुर महानगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको थियो । आउँदा दिनहरूमा पनि महानगरपालिकाले रचनात्मक सहयोग गर्ने प्रतिवद्धता दाहालले व्यक्त गर्नुभयो । प्रमुख दाहालले भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको पक्षमा अगाडि बढिरहेको भन्दै ठूला पूर्वाधारहरू रिङ्गरोड, लिङ्करोड, सिटीहल, रानीपोखरी पार्क निर्माणको काम पनि अगाडि बढिरहेको बताउनुभयो । सिटीहल, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको बताउनुभयो । भरतपुर महानगरपालिकालाई विकासको नमुना बनाउने आफ्नो एकमात्र उद्देश्य रहेको बताउँदै स्थानीय जनताको आवश्यकताको आधारमा विकासका कार्यक्रमहरू अगाडि बढाउने बताउनुभयो । सडक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, र पर्यटन क्षेत्रको समुचित विकास एवं सुशासनको क्षेत्रमा भरतपुर महानगर अगाडि बढिरहेको उहाँको भनाइ थियो । कार्यक्रममा भरतपुर महानगर वडा नम्वर १९ का अध्यक्ष कर्णबहादुर गुरुङ्गले विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै आफ्नो तर्फबाट विद्यालयलाई सधँै साथ र सहयोग रहने बताउनुभयो ।

Share.

Leave A Reply