play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

सरकार मुलुकलाई सम्बृद्धितर्फ उन्मुख गराउन चुकेको थापाको आरोप

0

असोज,८ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन थापाले केपी ओली नेतृत्वको बहुमतको सरकार असफल भए मुलुकको शासकीय पद्धतीमै प्रश्न उठ्ने बताउनुभएको छ । प्रेस युनियन पाल्पाले आज बिहान तानसेनमा गरेको पत्रकार सम्मेलनमा नेता थापाले सरकारले जनचाहना अनुसार काम गर्ने मेसो नपाएको र त्यसले संविधानको स्थायित्वमा संकट पैदा भएको बताउनुभयो । नेता थापाले लामो समयपछि बलियो सरकार बने पनि सुशासनको पक्षमा चुकेको र मुलुकलाई सम्बृद्धितर्फ उन्मुख गराउन चुकेको आरोप लगाउनुभयो । यस्तो अवस्थामा प्रतिपक्षको भूमिका शशक्त बनाइने उहाँले दावी गर्नुभयो । संघीयताबारे वर्तमान प्रधानमन्त्री केपी ओलीको स्पष्ट धारणा नभएको हुँदा प्रदेश सरकार कमजोर बन्दै गएको उनको आरोप थियो । नेता थापाले महासमितीको वैठक पछि कांग्रेसको नयाँ नया संरचना बन्ने बताउनुभयो ।

Share.

Leave A Reply