दियालो आमा समुहको आयोजनमा नारायणी नदी किनारमा गंगा आरती शुरु

0

जिबन रानाभाट
अशोज ६, दियालो आमा समूह भरतपुर महानगरपालिका १ दियालोरोड नारायणगढको आयोजनामा चितवनको नारायणी नदी किनारमा बिशाल गङ्गा आरतिको सुरुवात भएको छ. स्थानीय धार्मिक संघ संस्था, टोलविकास संस्था लगायतको सहभागितामा दिउसो २ बजे बिशाल सोभा यात्राको साथमा गङ्गा आरति सुरु गरिएको थियो.कार्यक्रमका प्रमुख अतिथि न्याय कानुन तथा मानब अधिकार समितिका अध्यक्ष्य सांसद कृष्ण भक्त पोखरेलले विश्व शान्ति एवम् सम्पुर्ण मानव समुदायको समृद्धी, प्रगति तथा शान्तिको कामना गर्दैे आमा समूहले नारायणी नजिकै रहेको श्री गौरेश्वर पशुपती मन्दिर परिसरमा सुरु गरेको गंगा आरतीले सम्पूर्ण नेपालीको रक्षा हुने बताउनुभयो.बेलुका ६ बजेपछि शुभारम्भ भएको गङ्गा आरति कार्यक्रम आजदेखि हरेक सनिबार गौरेश्वर पशुपती मन्दिर परिसरमा आयोजना हुने दियालो आमा समूह भनपा १ कि अध्यक्ष्य गीता श्रेष्ठले जानकारी दिनुभयो. दियालोरोड टोलमा बसोबास गर्ने महिलाहरुलाई संगठित गर्दै समाजमा रहेका विकृती तथा विसंगतीहरुको अन्त्य गरि समूहका सदस्यहरुको क्षमता अभिवृद्धि गर्दै मौलिक संस्कार र सँस्कृतीहरुको संबर्धन गर्ने उद्देश्यले दियालो आमा समूह गठन गरिएको उक्त समुहकी सचिब तथा कार्यक्रम संचालिका इन्दिरा घिमिरेले बताउनुभयो ।

Share.

Leave A Reply