play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

भन्सार कर छली गर्ने व्यापारीलाई दोब्बर कारबाही गरिने अर्थमन्त्री खतिवडाको चेतावनी

0

असोज ६, अर्थमन्त्री डा. युवराज खतिवडाले चोरीका सामान बिक्री गर्ने व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।अर्थमन्त्री खतिवडाले सुन, गाडी वा अन्य कुनै पनि चोरी गरेर ल्याइएको सामान बिक्री गरे सरकारले त्यस्ता व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको हो ।शनिबार काठमाडौंमा आयोजित नेपाल खुद्रा व्यापार संघको ३९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले इमान्दार व्यापारीलाई मात्रै संरक्षण दिने स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली गर्ने व्यापारीलाई सरकार दोब्बर कारबाहीको दायरामा ल्याउन बाध्य हुने पनि स्पष्ट पार्नुभयो ।उहाँले विगतमा राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली हुने गरेको पाइएको उल्लेख गर्दै अब त्यस्तो हुन नदिइने दृढता समेत व्यक्त गर्नुभयो ।

Share.

Leave A Reply