play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

नवलपुर रम्यो साहित्यमा

0

अशोज ६, नवलपुरमा रचना वाचन तथा साहित्यीक अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । बिशेष साहित्यीक गोष्ठी नवलपुरको आयोजनामा स्रस्टाको सम्मान तथा नयाँ स्रस्टालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको साहित्यीक कार्यक्रममा ४० जना भन्दा बढि नँया तथा पुराना स्रस्टाहरुले गजल, मुक्तक कविता लगायतका सिर्जना वाचन गरेका थिए । कार्यक्रममा पुरना पुस्ताका सहित्यकार लोकनाथ खरेल र नयाँ पुस्ताका सहित्यकार आदर्श शुशिललाई सम्मान समेत गरिएको विशेष साहित्य गोष्ठी नवलपुरका अध्यक्ष विमल अधिकारीले जानकारी दिनुभयो ।

१ महाकाव्य सहित १२ कृतीप्रकासन गरिसक्नु भएकी कार्यक्रमकी प्रमुख अतिथि महाकाब्यकार कृष्ण देवी शर्मा श्रेष्ठले यस्ता खालका  साहित्यीक अन्तरक्रिया कार्यक्रमले साहित्यका नयाँ पुस्ताहरुमा थप उमंग थप्ने बताउदै साहित्य क्षेत्रलाई अघाडि बढाउन मद्दत  मिल्ने विश्वास समेत लिनुभएको थियो । रचना वाचन तथा साहित्यीक अन्तरक्रिया नवलपुर लगायत चितवन , काठमाडौं र तनहुँ बाट साहित्यकार हरुको उपस्थिती रहेको थियो

Share.

Leave A Reply