play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

नेपाल आइडलको सिजन–२ बाट चर्चा कमाएका नरेश पातलीले रेकर्ड गराए गीत

0

भाद्र ३१, नेपाल आइडलको सिजन–२ मा धनगढी अडिसनमा रमाईलो प्रस्तुतिका कारण सर्वाधिकचर्चा कमाएका बझाड्का नरेश पातलीले आफ्नै आवाजमा गीत रेकर्ड गराएका छन् ।आइडलको अडिसनमा अनौठो हाउभाऊका साथ गायक राज सिग्देलको चर्चित गीत ‘उ जितेर गइ या हारेर गइ … ‘ गाएका उनी एकाएक भाइरल बनेका थिए । संगीत शिक्षा नलिइकनै मोबाइलमा गीत सुनेकै भरमा अडिसन दिदा धेरैले आफुलाई उडाएका कारण आफ्नै स्वरमा गीत रेकर्ड गराएको उनको भनाई छ । नरेश भन्छन् ‘अब म संगीत सिकेर राम्रो गायक बन्छु ।’


उनले बादल घिमिरेको शब्द र संगीतमा ‘आई ह्याभ अ गर्ल फ्रेन्ड’ बोलको गीत रेकर्ड गराएका हुन् । हाल संगीतकार घिमिरेले नै नरेशलाई संगीत प्रशिक्षण दिंदै आएका छन् । गीतमा पनि घिमिरेले नै लगानी गरिदिएका हुन् । बबरमहलस्थित प्रिज्म स्टुडियोमा रेकर्ड भएको गीतको चाँडै भिडियो पनि निर्माण गरिने संगीतकार घिमिरेले बताए । नरेशले आफुले अपेक्षा गरे भन्दा निकै राम्रो गाएको उनि बताउँछन् । गीत बजारमा आएपछि नरेशले आफूलाई सम्भावित गायकका रूपमा प्रमाणित गर्ने उनको विश्वास छ ।

Share.

Leave A Reply