play_circle_outline On Air

सम्बाद

play_circle_outline On Air

सम्बाद

ए डिभिजन लिगको विजेताले नगद ५० लाख प्राप्त गर्ने

0

भदौ ३१,- आउँदाे असाेज १३ गतेदेखि हुने ए डिभिजन लिगको विजेताको पुरस्कार राशी घटाए पनि अखिल नेपाल फुटबल संघ एन्फाले अन्य सुविधा भने बढाएको छ ।एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै उपाधि विजेताले नगद ५० लाख प्राप्त गर्ने जानकारी दियो । करिब चार वर्षको अन्तरालमा पहिलो पटक आयोजना हुन लागेको ए डिभिजन लिग उपविजेताले ३५ लाख पाउने छ । यसअघि भएको संस्करणमा विजेताले ७५ लाख पाएको थियो । त्यसको २ वर्षपछि आयोजना भएको राष्ट्रिय लिगको विजेताले १ करोड पुरस्कार पाएको थियो ।लिग विजेताले ५० लाख पाउँदा उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथोले १५ लाख, पाँचौंले सात लाख र छैटौं हुनेले पाँच लाख पुरस्कार पाउनेछन् ।एन्फाले लिग फुटबलमा पहिलो पटक हरेक खेलको विजेता टोलीलाई ५० हजार छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । खेल बराबरीमा रोकिएमा भने दुबै टिमलाई १५–१५ हजार बाँढिनेछ ।
ए डिभिजन लिगमा १४ टोलीहरुको सहभागिता रहनेछ । त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ गरी तीन विभागीय, मनाङ, थ्रीस्टार, एनआरटी, सरस्वती, फ्रेण्ड्स, जावलाखेल, मछिन्द्र, संकटा, हिमालयन शेर्पा, च्यासल र ब्रिगेड ब्वाइज क्लब छन् ।सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सको मैदान र हलचोकस्थित एपीएफको मैदानमा लिगका खेलहरु सञ्चालन हुनेछ ।
सार्क देशका खेलाडी अनिवार्यएन्फाले ए डिभिजन लिगमा सहभागी क्लबले विदेशी खेलाडी अनुबन्ध गर्दा कम्तिमा एक जना शार्क देशको हुनु पर्ने प्रावधान अघि सारेको छ । एन्फाको लिग कमिटीले यसअघि जस्तै बढीमा चार जना बिदेशी खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ । चार मध्ये तीन खेलाडी एउटा खेलमा मैदानमा उत्रन पाउनेछन् ।

Share.

Leave A Reply