play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

पाचौँ राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी कराते खेलाडी र प्रशिक्षक सम्मानित

0

भदौ ३१, जापान गोजो ¥यु कराते डो केन्वाकाई नेपाल शाखा दोलखाको आयोजनामा सम्पन्न पाचौँ राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी भएर फर्किएका गुजुरे कराते केन्वाकाई एसोसियसन नेपाल शाखा डोजो मंगलपुरका खेलाडी र प्रशिक्षक राजु पौडेल सम्मनित भएका छन् ।आज नारायणगढमा आयोजित एक कार्यक्रमका बिच उनिहरुलाई गुजुरे कराते केन्वाकाई एसोसियसन नेपाल शाखा डोजो मंगलपुरले सम्मान गरेको हो । कार्यक्रममा नेकपाका नेता देवी ज्ञवालीले खेलाडीहरुलाई खादा ओ ढाएर सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा बोल्दै नेकपाका नेता ज्ञवालीले दोलखा पुगी चितवनको शिर उच्च बनाउन सफल भएको भन्दै सम्पूर्ण खेलाडी र प्रशिक्षकलाई धन्यवाद ब्यक्त गर्नु भयो । साथै उँहाले खेलकुदले राष्ट्रलाई विश्वमाझ चिनाउन सहयोग गर्ने हुँदा आगामी दिनमा अझै मेहेनतका साथ खेल्न सबै खेलाडीहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रशिक्षक राजु पौडेलले खेलाडीहरुले निकै मेहेनत गरेकै कारण राम्रो नतिजा निस्किएको बताए । पौडेलले खेलाडीहरुले आशातित प्रदर्शन गरेको भन्दै आगामी दिनमा अझै राम्रो नतिजा निकाल्ने हौसला मिलेको बताए ।
भाद्र ३० गते सम्पन्न पाचौँ राष्ट्रिय कराते च्याम्पियनसिपमा चितवनले बिभिन्न स्पर्धामा १७ मेड्ल हात पर्न सफल भएको थियो । जसमा ८ स्वर्ण, ६ रजत र ३ कास्य रहेका छन् । प्रतियोगितामा आरती गुरुङले ३ स्वर्ण ,निन्सन लामाले २ स्वर्ण,करुणा बिकले १ स्वर्ण र २ रजत, स्माईल आचार्यले १ स्वर्ण र २ रजत, करण पौडेलले १ स्वर्ण र १ कास्य , सुशान्क घिमिरेले १ रजत, दिपेश अधिकारी, निरज घिमिरे र निश्चल बोहराले समान १÷१ कास्य जित्न सफल भएका थिए । प्रतोयोगितामा कुल १७ पदक प्राप्त गरेको चितवन तेस्रो भएको थियो । प्रतियोगितामा २५ जिल्लाका १ सय ६५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Share.

Leave A Reply