play_circle_outline On Air

सम्बाद

play_circle_outline On Air

सम्बाद

माडीमा जङ्गली हात्तीको आतङ्क कायमै

0

भदौ ३१ – पर्सा निकुञ्जबाट जङ्गली हात्तीको हुल माडी क्षेत्रमा आएपछि स्थानीय त्रसित भएका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले १५ दिनअघिबाट माडी क्षेत्रमा पसेको हात्तीको बथानले स्थानीय त्रसित भएको बताउनुभयो ।उहाँका अनुसार गए राति पनि माडी नगरपालिका–७ गौरीनगरमा हात्तीको बथान पसेर धान खेती नष्ट गरेको छ । हात्ती रातको समयमा बस्ती पस्ने र दिनभर वन क्षेत्रमा बस्ने गर्दछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार हवाइ फायर, ट्र्याक्टरको आवाज र राँको बाल्ने, शङ्ख फुक्ने र होहल्ला गरेर हात्ती लखेट्ने काम भइरहेको छ । स्थानीयलाई सुरक्षाकर्मीले हात्ती लखेट्न सहयोग गरिरहेको बताइएको छ ।
मानवीय क्षति हुन नदिन उच्च सावधानी अपनाउन सबैमा अपिल गरिएको ढकालले बताउनुभयो । हात्तीको बथान बगइ हुँदै अन्य क्षेत्रमा पसेको हो । त्यस क्षेत्रमा १५÷१६ हात्तीको बथान आएको बताइएको छ ।जसबाट दुई हात्ती छुट्टिएर सुखीभार क्षेत्रमा पुगेको ढकालले बताउनुभयो । हरेक वर्ष धान पसाउने समयमा जङ्गली हात्ती बस्ती पस्छ । धानसँगै घरमा भण्डारण गरिएको खाद्यान्न खाइदिने, घर भत्काउने, मानिसलाई आक्रमण गर्ने गर्दछ । हात्ती आएपछि स्थानीयवासीले रातमा सुत्न पाउँदैनन् । धान पाक्ने समयसम्म हात्तीले दुःख दिने गर्दछ । रासस

Share.

Leave A Reply