play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

गरिवी निवारण सहकारीको अध्यक्षमा अधिकारी निर्वाचित

0

चितवन, ३१ भाद्र ।

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा रहेको जुटपानी गरिवी निवारण साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुदर्शन अधिकारी निर्वाचित भएका छन् ।

संस्थाको ११औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशनबाट अधिकारी सर्वसम्मत रुपमा चयन भएका हुन् । गत भाद्र १६ गते भएको संस्थाको अधिवेशनबाट निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई आज एक कार्यक्रमका बिच पद हस्तान्तरण समेत गरिएको थियो ।

सो सहकारी संस्थाको उपाध्यक्षमा हरि कुमार गुरुङ्ग, सचिव आशा कुमारी वाइबा, कोषाध्यक्ष गीता पण्डित (रेग्मी) चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा चेत बहादुर थापा, रुद्र पाण्डे, कृष्णलिला श्रेष्ठ, लक्ष्मी नेपाल, कल्पना ढकाल, सिता आचार्य र लाल बहादुर खिउल चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा हरि प्रसाद भण्डारी तथा सदस्यमा रामकृष्ण दुलाल र होमनाथ उपाध्याय चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ र निर्वाचन समितिका संयोजक केशव लामाले टिका तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, वडा नं. ७ का वडा अध्यक्ष डिल्लीराम दवाडी, संस्थाका निवर्तमान अध्यक्ष दिपक लामिछाने, नव निर्वाचित अध्यक्ष सुदर्शन अधिकारी, संस्थाका व्यवस्थापक नारायण प्रसाद सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । निर्वाचन समितिका सदस्य टिकाराम रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम निर्वाचन समितिका संयोजक केशव लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply