play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

‘काउलीबुढी’हाँस्य टेलिश्रृंखला भद्रगोलमा

0

काठमाडौं ।

हाँस्य टेलिश्रृंखला भद्रगोलमा सन्ध्या बुढाथोकी उर्फ ‘काउलीबुढी’को जीवन्त अभिनय देखिएको छ । नेपाल आइडलको अडिसन राउण्डमा ‘काउलीबुढी’ भन्दै गीत गाएपछि उनी एकाएक सामाजिक सञ्जालमा भाईरल भएका थिए ।भद्रगोलमा ‘खुपीकाबाउ’को माइली दिदीको रोलमा देखिएका ‘काउलीबुढी’लाई पाँडेले मन पराएपछि झनै मनोरञ्जन लिन सकिन्छ । बुढेसकालमा पाँडे र काउलीबुढीको मौलाउँदै गएको बुढेसकालको प्रेमले दर्शकलाई मज्जाले हँसाएको छ ।नेपाल आइडलको थिएटर राउण्डको टप ३० बाट ‘काउलीबुढी’सँगै १० जना प्रतिस्पर्धी बाहिरिएका थिए । अडिसन राउण्डमा ५ मिनेट गरेको ‘काउलीबुढी’को अभिनयले उनलाई पछिल्लो समय समाजिक सञ्जालमा भाईरल बनाएको थियो ।भद्रगोलको अघिल्लो श्रृंखलामा नेपाल आइडलबाटै सामाजिक सञ्जालमा भाईरल भएका दुई व्यक्ति झक्कड थापा र नरेश पातली पनि देखिएका छन् । मुड्कु भञ्ज्याङ भ्वाइस आइडलको लागि भन्दै कथामा समावेश गरिएको थापा र पातलीलाई शास्त्रीय संगीतको ओस्ताज भन्दै भद्रगोलमा देखाइएको थियो ।अघिल्लो श्रृंखलामा थापा र पातलीको अभिनयलाई दर्शकले अत्याधिक मन पराएका थिए । सामाजिक सञ्जालमा भाईरल भएका थापा र पातलीले पनि भद्रगोलमा जीवन्त अभिनय गरेका छन् । दुरदराजमा जन्मिएका उनीहरुको बाल्यकाल पनि विकट क्षेत्रमै बितेको थियो ।

Share.

Leave A Reply