चितवनमा पहिलो पटक ” स्टयाण्ड अप कमेडी शो” हुँदै

0

भदौ २९, भरतपुर ।

राजधानी बाहिर पहिलो पटक स्टयाण्ड अप कमेडी शो हुन गईरहेको छ । सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँग आबद्ध यूटयूब च्यानल नेप ग्याजम ले यही भदौ ३० गते शनिबारको दिन चितवन भाटभटेनी कमप्लेक्स, भरतपूर हाईट स्थित फुडकोर्ट मा लाइभ स्टयाण्ड–अप कमेडी शो गर्न लागिरहेको आयोजक नेपाल डायरीजले जनाएको छ । यस भन्दा अघि पनि नेप ग्याजमले राजधानीको विभिन्न रेस्टुरेन्ट हरुमा लाइभ शो गर्नुको साथै राजधानिको रगंमञ्चमै पहिलो पटक कमेडी शो सम्पन्न गरेर राम्रो सफलता हासिल गरको थियो । अब भने राजधानी बाहिरका दर्शकहरुलाई पनि भरपूर मनोरञ्जन गराउने सोचका साथ यस कार्यक्रम हुन गैरहेको छ। उपत्यकामा सिजन १, २ र ३ को अपार सफलता पछिको यो चौथो सिजनमा , छ जना हाँस्य कलाकारहरु बिक्रम घिमिरे, लेखमणी त्रिताल, डोरेश खतिवडा, योजना थापा मगर, सरोज भण्डारी साथै गेस्ट आर्टिस्ट कलाकार रोशन सुवेदीले आफ्ना दमदार प्रस्तुती हरु दिने तयारी रहेको छ ।

Share.

Leave A Reply