भदौ २३, बैदेशिक शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई लक्षित गरि चितवनमा हिजो एक्सेस शैक्षिक मेला सम्पन्न गरिएको छ ।अष्टेलिया , क्यानाडा र न्युजिल्याड देश जान चाहाने बिद्यार्थीको लागि एक्सेस एजुकेशन नेटर्वकले शैक्षिक मेला गरेको थियो।भरतपुर गार्डेन रिसोर्टमा सम्पन शैक्षिक मेलामा अष्टेलिया , क्यानाडा र न्युजिल्याड का २६ विश्वविद्यालय तथा कलेजहरुले कुनैपनि विषयमा कक्षा १२, स्नातक, स्नातकोत्तर र नसिङ्ग पास गरे र चितवन, नवलपरासी लगायतका जिल्लाबाट आएका विद्यार्थी र उनका अभिभावकहरुलाई परामर्श प्रदान गरेको संस्थाका प्रवन्ध निर्देशक पुण्यराज पौडेलले जानकारी दिनु भएको छ ।धेरैजसो अष्ट्रेलियालाई लक्षित गरेर एजुकेशन फेयर हुदै आईरहेको अवस्थामा एक्सेसको एजुकेशन मेलाले भने विद्यार्थीहरुलाई अष्ट्रेलियासंगै न्यूजील्यान्ड, क्यानडा केन्द्रित गरेको थियो । मेला मार्फत अध्ययन गर्न जाने बिद्यार्थिको लागि उक्त देशको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृत्तीको विषयमा पर्याप्त सुचना प्रवाह गरिएको एक्सेस एजुकेशन चितवन शाखाका निर्देशक हेमन खरेले जानकारी दिए । मेलाको चितवनका युवा ब्यवसायी राजु श्रेष्ठले उद्धधाटन गर्नु भएको थियो ।यस्तै मेलाको अवसरमा एक्सेस एजुकेशनले वल्र्डकप फुटवलको अवसरमा आयोजना गरेको अनुमान लगाउने प्रतियोगितामा विजेता बन्न सफल सुरज थापालाई सामसुङको मोवाईल उपहार समेत प्रदान गरिएको थियो ।वान अप प्रालीको व्यवस्थापन, नविल बैंक र कम्युनिकेट मिडियाको सहकार्य रहेको शैक्षिक मेलामा करिव ३ सय विद्यार्थी तथा अभिभावकले प्रत्यक्ष परामर्श लिएका थिए ।
चितवनमा एक्सेस शैक्षिक मेला सम्पन्न
0
Share.