जिबन रानाभाट
भदौ २३, हरितालिका तीज तथा स्टार स्पोर्टस् क्लब, बरुवाको २२ औं बार्षिकोत्सवका अवसरमा माडीको बरुवामा जारि २४ औ स्टार कप फुटबल प्रतियोगितामा आज २ खेल सम्पन्न भएको छ आज भएको पहिलो खेलमा बर्डस नेपाल बघौडाले ज्ञान ज्योति युवा क्लबलाइ ट्राइबेकरमा ३(२ गोल अन्तरले पराजित गरेको हो निर्धा्रित समय सम्म दुवै टोलीले १(१ गोल गरेपछि खेल ट्राइबेकरमा धकलिएको थियो त्यस्तै आजै भएको दोस्रो खेलमा आयोजक स्टार स्पोर्ट्स क्लब बिले बसन्तपुर युनाइटेट क्लब बसन्तपुर बि लाइ १-० गोल अन्तरले पराजित गरेको छ खेल सकिन केहि मिनेट बाकि छदा बरुवाले उकृष्ट गोल गरेको थियो यसैबीच भोलिपनि २ वटा खेल हुने भएका छन् भोलि साढे १ बजे हुने पहिलो खेलमा चैनपुर फुटबल क्लब चैनपुर बि ले चिरौली युनाटेट क्लब चिरौली बि को सामना गर्दा भोलिनै हुने दोस्रो तथा भोलिको अन्तिम खेलमा दिउसो ४ बजे जितबाहन युवा क्लब गर्दिले जनआस्था युवा क्लब बसतपुरको सामना गर्ने छ
माडीभरिका ३२ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेतटिमले ७५ हजार ५ सय ५५ र उपविजेता हुने टिमले ३७ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छ भने प्रतियोगिताका बेष्ट किपर, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, हाइ स्कोर तथा प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित गरी पुरस्कृत गरिने छ । भदौको २८ गते सम्म सञ्चालन हुने यो खेलबाट ‘माडी ११ टिम’ छनौट भई माडी नगरपालिकाको प्रतिनिधित्व हुनेगरी जिल्ला स्तरिय खेल खेल्न जाने व्यवस्थापन नगर खेलकुद बिकास समितिले गर्ने छ ।प्रतियोगितालाई व्यवस्थित र व्यवसायिक बनाउन यसपटक खेल अवलोकनको प्रवेश शुल्क रु २० राखिएको छ । टिकटबाट गोलाप्रथामार्फत हरेक दिन १ जनालाई रु १२ सय बराबरको हाँस उपहार प्रदान गरिने छ भने टिकटबाट संकलित रकमको अक्षय कोष खडा गरी माडीभरका एक गरीब तथा उदीयमान खेलाडी छनौट गरी उहाँको उच्च शिक्षामा लगानी गरिने छ ।
माडीमा जारि स्टारकप फुटबलको आज भएको खेलमा बघौडा र बरुवा बिजयी
0
Share.