play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

(अपडेट) हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु,  आनीको जिवितै उद्दार

0

भदौ,२३ ।
गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्क्विहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ । हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार गरीएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले पनि र्सुन्चेत भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकोप्टर भेट्टाएको पुष्टि गरे । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर त्प् ठज्ञघटज्ञद्दण्टड हो । दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन् । त्यसआधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट भएको थियो ।

Share.

Leave A Reply