भदौं, २३ ।
पोखराको बेगनास तालमा डुंगा पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् । ९ जना सवार डुंगा पल्टिएको हो । कास्की प्रहरीका अनुसार पल्टिएको डुंगाबाट ४ जनाको उद्दार गरिएकोमा एक जनाको मृत्यु भएको छ । बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर खान आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको स्थानीयले बताएका छन । तालमा खसेको एक जना बच्चालाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीले बताएको छ ।
पोखराको बेगनास तालमा डुंगा पल्टिँदा दुई जनाको मृत्यु,पाँच जना बेपत्ता
0
Share.