play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

(अपडेट) पोखराको बेगनास तालमा डुंगा दुर्घटना ,१ को मृत्यु, ५ बेपत्ता

0

भदौं, २३ ।
पोखराको बेगनास तालमा डुंगा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा पाँचजना बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार चारजनाको उद्धार गरिएको छ । आज दिउँसो साढे १२ बजेतिर भएको घटनामा एक महिलाको मृत्यु भएको हो । तालमा डुबेकी महिलालाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । अन्दाजी ३५ वर्र्षीय महिलाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । उद्धार गरिएका दुईजनाको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुईजना सकुसल छन् । तालमा हराइरहेकाको खोजी भइरहेको प्रहरीले बताएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

Share.

Leave A Reply