play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

हेलिकप्टर धादिङमा दुर्घटनाग्रस्त,सात जनाको परिचय खुल्यो,अबस्था भने अझै अज्ञात

0

भदौं, २३ ।
गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटना भएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु , रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको एल्टिच्यूड एयरका सञ्चालक फुर्बा शेर्पाले जानकारी दिए । उनका अनुसार ९ एन ए एल एच कलसाइनको सो हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए । यसैगरी एल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमा निरु शेर्पाले रेस्क्युका लागि टोली पठाइएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको जानकारी दिए । यता, धादिङ प्रहरी प्रमुख डम्बर बिसीले भने नुवाकोट र धादिङको सीमामा हेलिकप्टर फेला परेको भन्ने प्रारम्भिक सूचना आफूहरुलाई प्राप्त भएको जानकारी दिए । सम्भावित ठाउँमा खोजीका लागि दार्खा र नुवाकोटबाट प्रहरीको टोली खटाइएको छ भने हेलिकप्टर अझै फेला परि नसकेको बताउनुभयो ।

Share.

Leave A Reply