play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

दुर्घटनाग्रस्त हेलिकोप्टरमा एक जापानीज नागरिकसहित ७ जना सवार रहेको पुष्टि

0

भदौं, २३ ।
धादिङको सत्यादेबी गाउँपालिकामा दुर्घटनामा परेको अल्टिच्युड एयरको हेलिकोप्टरमा क्याप्टेनसहित सात जना सवार रहेको खुलेको छ । आज गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर धादिङको सत्यादेबी गाउँपालिकामा दुर्घटनामा परेको थियो। उक्त दुघर्टनाग्रस्त हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना यात्रु रहेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थित उच्च स्रोतले जनाएको छ । हेलिकोप्टरमा एक जना जापानीज नागरिक ६८ वर्षीय हिरोमी कोमात्सु रहेको खुलेको छ। बाँकी पाँच जना नेपाली रहेका छन्। हेलिकोप्टरमा गोरखा चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, गोरखाकै सामागाउँ चुमनुब्री साम्दो– १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा र रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ रहेका छन् । हेलिकोप्टरमा रहेका उनीहरुको अवस्थाबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ। उद्धारका लागि अल्टिच्युड एयरलाइन्सको अर्को हेलिकोप्टर घटनास्थलतर्फ गएको छ । तर, मौसमका कारण अवतरण गर्न सकेको छैन ।

Share.

Leave A Reply