play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

पाल्पाली हास्यकलाकार एवम् साहित्यकार पूर्ण राना मगरको आज बिहान निधन

0

भदौ २३, पाल्पाली हास्यकलाकार एवम् साहित्यकार पूर्ण राना मगरको आज बिहान निधन भएको छ । ‘जीवनलीला’ नेपाली चलचित्रका निर्माता समेत रहनुभएका ५३ वर्षीय पूर्ण रानाको उपचारको क्रममा तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालमा निधन भएको हो । गीतकार, रचनाकार, एवम् लेखक समेत रहनुभएका राना दुई वर्षदेखि सुगर र प्यारालाइसिसका कारण घरमै आराम गरिरहनुभएको थियो । रानाले झण्डै २५ वर्ष युनाइटेड मिसन अस्पताल, तानसेनमा काम गर्नुभएको थियो । आधा दर्जनभन्दा बढी हास्यव्यङ्य र कविता संग्रह समेत प्रकाशित गर्नुभएका स्वर्गीय रानाको दुई छोरा र श्रीमती हुनुहुन्छ ।
पाल्पाकै ठिमुरे,पोरक्नीमा जन्मिनुभएका राना हास्यव्यङ्ग्यका कार्यक्रम लिएर देश विदेशमा पुग्नुभएको उहासँगै काम गर्नुभएका अर्का हास्यकलाकार किरन चित्रकारले जानकारी दिनुभयो । रानाको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Share.

Leave A Reply