play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भोजपुर अदालतद्वारा आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

0

भदौ १८, भोजपुर अदालतले आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला सुनाएको छ । साल्पासिलिछो गाउँपालिकाका २७ वर्षीय एक युवकलाई जन्मकैदको फैसला भएको हो ।६२ वर्षीया आमालाई पटक–पटक बलात्कार गरेको आरोप लागेका ती युवालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको इजलासले २७ वर्षको जन्मकैद सजाय सुनाएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिनुभयो । युवकलाई हाडनाता करणीतर्फको कैद भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।
पीडित आमालाई पटक–पटक छोराले बलात्कार गरेपछि स्थानीय नागरिक न्यायिक समितिमा पुगेका थिए । न्यायिक समितिले घटना मिलाउन नमिल्ने भन्दै जिल्ला प्रहरी कार्यालय भोजपुरमा पठाएको थियो । ती युवकलाई गएको असार ४ गते आमा बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

Share.

Leave A Reply