भदौ १८ । पूर्वी चितवनको खैरहनी नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ मा गरेका कामहरुको सोमवार समीक्षा गरेको छ । नगरपालिकाले एक बर्षमा गरेका काम र भएका उपलब्धीहरुका वारेमा सरोकारवालाहरुलाई जानकारी गराएको हो । एक बर्षमा सडक निर्माण,पर्यटकीय क्षेत्रको विकास र विस्तार,शिक्षा,स्वास्थ्य,खानेपानी,सिंचाई,कृषिको क्षेत्रमा अपेक्षाकृत उपलब्धी हासिल गर्न सफल भएको मेयर चौधरीले बताए । मेयर चौधरीले चालु आर्थिक बर्षमा खैरहनीमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने,गौचरमा फुलबल प्रशिक्षण केन्द्र निर्माण गर्ने,कोल्ड स्टोर बनाउने,खैरहनीलाई विशेष आर्थिक क्षेत्र बनाउने योजना रहेको बताए । नगरपालिकाले सो आर्थिक बर्षमा ५७ करोड ५५ लाख रुपैया विनियोजन गरेकोमा ५२ करोड २२ लाख रुपैया खर्च भएको र ५ करोड ३३ लाख रुपैया खर्च हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत पुरुर्षोतम शर्माले जानकारी दिए । कार्यक्रममा योजना शाखा प्रमुख राजेश कोइरालाले नगरपालिकाले गरेका कामहरुको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा उपमेयर सुनिता थपलिया,नेकपाका झगरुप्रसाद चौधरी,नेपाली काँग्रेसका भजन मुडवरी,राजपाका राजकुमार बर्तौला,खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम मेयर चौधरीको अध्यक्षतामा भएको थियो ।
खैरहनीको बार्षिक समीक्षा गोष्ठी सम्पन्न
0
Share.