भदौ १८ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र नवदुर्गा आमा समुह रत्ननगर १ ले आयोजनामा घरेलु फोहोरमैला व्यवस्थापन तथा कौशी तरकारी खेति सम्बन्धी प्रशिक्षण कार्यक्रम सोमवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मेयर नारायण वनले फोहोर व्यवस्थापनमा महिलाको सक्रियताले सार्थकता पाउने बताए । कार्यक्रममा नवदुर्गा आमा समुहकी अध्यक्ष एञ्जिला कुँवरले घरेलु फोहोरमैला व्यवस्थावन र कौशी तरकारी खेतिमा नमुना काम गर्ने महिलालाई घरमै पुगेर पुरस्कृत गर्ने योजना बनाएको बताइन । प्रशिक्षण कार्यक्रममा १०० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षक तुलसा ज्ञावलीले घरेलु फोहोर व्यवस्थापन गर्ने तरिका र कृषि शाखा प्रमुख शिबराज पौडेलले कौशी तरकारी खेति गर्ने तरिकाको बारेमा सहजीकरण गरेका थिए । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष ऋषिराम वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडी, संस्थाका उपाध्यक्ष तथा सरसफाई उपसमितिका संयोजक श्याम बराल लगायतले मन्तव्य राखेका थिए ।
रत्ननगरमा कौशी तरकारी खेति सम्बन्धी प्रशिक्षण
0
Share.