भदौ १८ । राप्ती नगरपालिकाले सोमवार आर्थिक बर्ष २०७४÷७५ मा सम्पादन गरेका कामहरुको समीक्षा गरेको छ । वीरेन्द्रनगरमा कार्यक्रमको आयोजना गरी राप्तीले एक बर्षका गरेका काम र उपलब्धीहरुका बारेमा जानकारी गराएको हो । एक बर्षको अबधिमा नगरपालिकाले सडक निर्माण,मर्मत,खानेपानी विस्तार,विजुली,छात्रावास निर्माण,कृषि र पशुपालनमा अनुदान,नगरलाई पूर्ण खोप घोषणा,एकीकृत सम्पत्ती कर कार्यान्वयन,सिचाई,सोलारबत्ती जडान,भण्डारा स्वास्थ्यचौकीको स्तरउन्नती गर्न प्रस्ताब,सार्वजनिक जग्गाको खोजिलाई तीब्र पारिएको मेयर प्रभा बरालले जानकारी दिइन । आर्थिक बर्ष २०७४÷७५का लागि विनियोजित बजेट ६३ करोड ६२ लाख ९७ हजार मध्य ५४ करोड ८५ लाख ७० हजार खर्च भएको र एक करोड ३० लाख फिर्ता र ५ करोड १७ लाख ६ हजार रुपैया खर्च हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईँले जानकारी दिए । बाँकी रहेको बजेट संचितकोषमा रहने र चालु आर्थिक बर्षमा योजना बनाएर खर्च गरिने उनले बताए । कार्यक्रममा उपमेयर इमानसिंह लामाले एक बर्षमा जनचाहना अनुसार काम गरिएको बताए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,वडा अध्यक्ष,कार्यपालिका सदस्य लगायतका सहभागिता रहेको थियो ।
राप्ती नगरपालिकाको समीक्षा गोष्ठी सम्पन्न
0
Share.