play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

डाक्टरको मागअनुसार मुलुकी संहिता संशोधन गर्न सरकार तयार,आन्दोलन भने नरोक्ने चिकित्सकहरुको अडान कायमै

0

१८ भदौ, सरकारले आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सहमत भएको छ ।मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सहमति जनाएका हुन् ।मुलुकी अपराध संहिताको इलाजको महलमा डाक्टरले लापरबाहीपूर्ण उपचार गरेमा जन्मकैदको व्यवस्था राखिएको विरोधमा नेपाल चिकित्सक संघको आहृवानमा डाक्टरहरु आन्दोलनमा उत्रिएका थिए ।आन्दोलनरत डाक्टरसँग सोमबार भएको वार्तामा स्वास्थ्य राज्यमन्त्री यादवले संहितामा शब्द चयनमा कमजोरी भएको भन्दै त्यसलाई सुधार्न सकिने बताएका नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।
यसैबीच सरकारले मुलुकी संहिता संशोधन गर्न सहमति जनाए पनि चिकित्सक संघले आन्दोलन नरोक्ने बताएको छ ।संशोधन विधेयक संसदमा पेश नभएसम्म आन्दोलन नरोकिने अध्यक्ष श्रेष्ठले बताए । स्वास्थ्य मन्त्रालयले संशोधनको मस्यौदा कानून मन्त्रालयमा पठाउने सहमति भए पनि कानून मन्त्रालयबाट संशोधन विधेयक तयार भएर संसदमा पेश नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।

Share.

Leave A Reply