play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

नारायणगढमा चलचित्र निर्माण सम्बन्धि एक हप्ते वर्कशप संचालन हुने

0

भदौ १५, पछिल्लो समय चितवनलाई चलचित्र प्रदर्शनको हिसावले राजधानी पछिको ठुलो बजारको रुपमा लिइन्छ । चितवनमा हरेक महिना कुनै न कुनै चलचित्रको छायांकन भैरहेको हुन्छ ।चितवनमा पछिल्लो समय ठूलाठूला मल्टिप्लेक्स हल निर्माण सगै चितवनलाई ठुलै चलचित्र बजारको रुपमा हेरिन्छ ।चलचित्रसम्बन्धी अवार्ड र फिल्म फेस्टिबलले पनि काठमाडौँभन्दा बाहिरका शहरहरु रोज्न थालेका छन् र अधिकांश सिनेमाहरुले छायाङ्कनको लागि पनि काठमाडौँभन्दा बाहिरका शहर नै जाने गरेका छन् । तर, आजसम्म चलचित्रसम्बन्धी शैक्षिक कार्यक्रम, वर्कशप तथा कक्षा उपत्यकाभन्दा बाहिर जान सकेका थिएनन् तर अब भने चलचित्र निर्माणसम्बन्धी शिक्षा दिने, सिनेमा साक्षरता बढाउने र नयाँ जागरुक फिल्ममेकर तथा स्टोरी राइटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले चितवनको नारायणघाटमा एक–एक हप्ते फिल्म मेकिङ वर्कशप सञ्चालन हुँदैछ ।काठमाण्डौको मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीको आयोजनामा हुन लागेको उक्त चलचित्र निर्माणसम्बन्धी वर्कशप नारायणघाटमा भदौ १७ गते देखि २२ गते सम्म सञ्चालन हुँदैछ ।काठमाण्डौं बाहिर यस्तो किसिमको तालिम सम्भवत पहिलो पटक सञ्चालन हुन थालेको एकेडेमीका अध्यक्ष छविराज ओझाले बताए ।नारायणघाटको पुल्चोकमा रहेको होटल तिरुपतिमा वर्कशप सञ्चालन हुँदैछ ।


तालिमबाट प्राप्त ज्ञानले फिल्मी सर्ट फिल्म,भ्यूजअल्,म्यूजिक भिडियो,वृतचित्र) क्षेत्रमा नयाँ आयाम समेत थप्ने कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी गराए ।यस्तो किसिमको तालिमले स्टोरी राइटिङ् र सिनेमेटोग्राफी सम्बन्धी जानकारी र अभ्यास गराउने छ । बिहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म सैद्धान्तिक र व्यावहारिक तरिकाबाट वर्कशप सञ्चालन हुनेछ र चलचित्र निर्माणसम्बन्धी चासो भएको जो कोही पनि सहभागी हुन पाउनेछन् । काठमाण्डौ बाटै दक्ष प्रशिक्षक र अत्याधुनिक क्यामेरा एवम् सामग्रीहरु ल्याई सञ्चालन गरिने वर्कशपबाट मौफसलमा लुकेर रहेका प्रतिभा तथा कथाहरुलाई बाहिर ल्याउनमा प्रत्यक्ष सहयोग पुर्याउनेछ ।

Share.

Leave A Reply