play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बिम्स्टेकको चौथो शिखर सम्मेलन सुरु

0

भदौं, १४ ।
बिम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौंको सोल्टी होटलमा सुरु भएको छ । शिखर सम्मेलनको अध्यक्षता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन । शिखर सम्मेलनको उद्घाटनमा सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनको समय पनि निर्धारण गरिएको छ । जसमा अध्यक्ष राष्ट्रका नाताले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा लामो सम्बोधन गर्ने भएका छन । प्रधानमन्त्री ओलीले २२ मिनेट बोल्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । अन्य सदस्य राष्ट्रका कर्यकारीप्रमुखले भने १५÷१५ मिनेटको सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  जसमा भारतका प्रधान्मनत्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमारका राष्ट्रपति विन मिन्त, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा, भुटान सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुकले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त सम्बोधन देशको वर्णानुक्रम (अल्फाबेट) अनुसार हुने बताइएको छ। सम्मेलनमा ऊर्जा ग्रिडबारे सम्झौता हुने तय भएको छ। उक्त विषयमा सहमतिमा हस्ताक्षर भने शुक्रबार मनत्रै हुनेछ। गरिबी निवारण, प्रतिआतंकवाद, कृषि लागयतका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने र बिम्स्टेकलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।

Share.

Leave A Reply