play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

शिलबन्दी गरिएका १० मध्ये ७ पानी उद्योगलाई सञ्चालनको अनुमति

0

चितवन, भदौं, १२ ।

जिल्ला प्रशासन कार्यालय चितवनद्वारा गत बुधबार शिलबन्दी गरिएका १० मध्ये सात पानी उद्योग आजबाट सञ्चालनमा आएका छन् । खानेपानी उद्योगी, उद्योग वाणिज्य संघ चितवन, उपभोक्ता अधिकार संरक्षण मञ्चबीचको छलफल पछि प्रशासन कार्यालयले सञ्चालन गर्न बाटो खुला गरेको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुद्धता र गुणस्तरीयतालाई आधार मानेर सञ्चालनको अनुमति दिएको भन्दै प्रशासनले दिएको निर्देशन अटेर गरे उद्योग स्वत: बन्द गरिने बताउनुभएको छ । प्रशासनले उद्योगहरूलाई असोज २५ गतेभित्रमा स्वाचालित प्लान्ट जडान गरिसक्न निर्देशन दिएको प्रधान मिनरल वाटर एण्ड विभरेेज इन्डस्ट्रीका सञ्चालक सुसन प्रधानले बताउनुभयो । सञ्चालन अनुमति पाउने पानी उद्योगहरूमा ताज ब्राण्डको पानी उत्पादक प्रधान मिनरल वाटर एण्ड विभरेज इन्डस्ट्रि, सी. एन. सी. ब्राण्डको उत्पादक ओम जल उद्योग, माउन्टेन ड्रप ब्राण्डको उत्पादक रत्ननगर ब्रदर्स फुड एण्ड विभरेज इन्डस्ट्री, गोर्खाल्याण्ड ब्राण्डको उत्पादक अप्सरा वाटर, एक्वा डाइट प्लस ब्राण्डको उत्पादक चितवन वाटर, रोयल फिसर ब्राण्डको उत्पादक लिप्टन सफ्ट ड्रिङ्क र हेल्थी लाइफ ब्राणडको उत्पादक युनाइटेड मिनरल वाटर रहेका छन् ।

Share.

Leave A Reply