play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मुलुकी ऐनका कमजोरीलाई संसदबाट छलफल गरी सच्याउन सकिन्छ ः प्रधानमन्त्री ओली

0

भदौ, १२ ।
प्रधानमन्त्री केपी ओलीले मुलुकी ऐनमा भएका त्रुटी कमजोरीलाई संसदबाट छलफल गरेर सच्याउन सकिने बताएका छन् । आज संसदमा सम्बोधन गर्दै ओलीले विगतमा जुन सरकारको पालामा बनेको भएपनि त्यसलाई छलफल गरेर सच्याउन सकिने बताएका हुन् । उनले बाहिर आएजस्तो मुलुकी ऐन कुनै दुई तिहाईको दम्भमा आएको नभई गत वर्ष नै संसदबाटै पारित गरी लालमोहर लागेको र अहिले भदौबाट मात्र कार्यान्वयनमा आएको बताए । उनले वर्तमान सरकार र पार्टी छिमेक सम्बन्ध र राष्ट्रियताको मामलामा पहिले जहाँ थियो, अहिले त्यही रहेको पनि स्पष्ट पारे । उनले छिमेकी मुलुकसँग गरिएका सहमति र सम्झौता तीब्र रुपमा कार्यान्वयनमा आएको पनि बताए ।

Share.

Leave A Reply