play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

जनावरको डिएनए शुरुसँगै नयाँ मुद्दा

0

ललितपुर, ५ भदौ

नेपालमा जङ्गली जनावरका डिएनए परीक्षण शुरु भएसँगै नयाँँ खालका मुद्दासंग सम्बन्धित डिएनए परीक्षणका लागि आउन थालेका छन् । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दुई वर्ष पहिलेदेखि जनावरको डिएनए परीक्षण शुरु गरेको हो । जङ्गली जनावरको स्वरुप बदलेर निर्यात हुने, जङ्गली भनेर घरपालुवा वा घरपालुवा भनेर जङ्गली जनावर बिक्री हुने, छिमेकी मुलुक वा तेस्रो मुलुकबाट समेत जनावरको अङ्ग चोरी हुनेजस्ता मुद्दाका डिएनए परीक्षणका लागि आइरहेको प्रयोगशालाका निर्देशक जीवनप्रसाद रिजालले बताउनुभयो । प्रयोगशालाले पहिले अन्य विधिबाट जनावरको डिएनए परीक्षण गर्दै आएको थियो । प्रयोगशालामा आर्थिक वर्ष २०७३÷७४ बाट वन्यजन्तुको डिएनए परीक्षण शुरु भएको हो । पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३०२ नमूना परीक्षणका लागि आएका थिए । प्रयोगशालामा विसं २०६२÷६३ मा मानव डिएनए परीक्षण शुरु भएको थियो ।

Share.

Leave A Reply