play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

जे गर्दा पनि आलोचना र होहल्ला भयोः प्रधानमन्त्री

0

भदौ, ५ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारले जे गर्दा पनि विरोध भइरहेको बताएका छन् । उनले सरकार बाहिर भएको हल्लाको आधारमा नचल्ने समेत बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जे गर्दा पनि आलोचना र होहल्ला भइरहेको बताए । उनले बाटोमा खाल्डो पर्दा पनि सरकारलाई आलोचना गर्ने र खाल्टो पुर्दा पनि टालटुले सरकार भन्ने गरेको बताए । ओलीले कुनकुन सरकारले के के काम गर्ने भन्ने विषय संविधानमा प्रष्ट रहेको र स्थानीय तहलाई पनि कर उठाउने अधिकार भएको बताए । यद्यपि करको विषयमा अनावश्यक भ्रम पार्न खोजिएको उनले भनाइ थियो । सबैको सहमतिमा संघीय प्रणाली आफूहरुले लागू गरेको बताउँदै सानातिना कमी कमजोरीको विषयलाई लिएर उछाल्नु नहुने उनको भनाई छ । संसारमा कम कर रसस्तो बजार नेपाल नै रहेको उनको दाबी थियो । प्रधानमन्त्री ओलीले प्रदेश सरकारले विदा दिएको विषयमा विवाद गर्नुपर्ने कारण नभएको बताए । सर्वोच्च अदालतमा दुई जना कायम मुकायम प्रधानन्यायाधिक भएको विषयमा आफूलाई थाहा नभएको उनले बताए ।

Share.

Leave A Reply