play_circle_outline On Air

गितसंगीत

play_circle_outline On Air

गितसंगीत

एसिया कप छनाेट खेलकाे अभ्यासका लागि नेपाली टाेली श्रीलंका प्रस्थान

0

भदौ ४, आगामी भदौ १३ देखि २१ सम्म मलेसियामा हुने एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली टोली सोमबार श्रीलंका प्रस्थान गरेको छ । श्रीलंकामा १० दिन रहँदा नेपालले तीन अभ्यास खेल खेल्नेछ ।श्रीलंका प्रस्थान गर्नुअघि नेपाली टोलीलाई संघीय संसदका सभामुख कृष्णबहादुर महराले सोमबार बिहान आफ्नो सरकारी निवासबाट बिदाई गरेका छन् । उनले क्रिकेटले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेकोमा खुसी व्यक्त गर्दै अझै राम्रो प्रदर्शनका लागि शुभकामना समेत दिए ।विदाईपछि पत्रकारसँग बोल्दै कप्तान पारस खड्काले यो प्रतियोगिता आफ्नो टिमका लागि निकै महत्वपूर्ण रहेको र अहिलेको लयलाई कायमै राखेर अगाडि बढ्ने बताए ।टोलीका सिनियर सदस्य शरद भेषावकरको अनुपस्थितिले टिममा असर पर्ने भए पनि उनको भूमिकालाई कभर गर्न सक्ने खेलाडीहरु टिममा रहेको खड्काले बताए ।साथै उनले एशियाली क्षेत्रमा अरु ठाँउको तुलनामा फरक बाताबरण हुने र लामो समयपछि एशियाली देशहरुसँग खेल्न लागेकाले सबै टिम बलिया भएको र आफूहरुले त्यही अनुसारको रणनीति अप्नाउने कप्तान पारसले बताए ।नेपाली टिममा १४ खेलाडी सहित २० सदस्यसीय टोली श्रीलंका गएका हुन् । हाल सीपीएल खेलिरहेका सन्दीप लामिछाने भने उतैबाट भदौ १२ गते मलेसिया आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।
नेपालले श्रीलंकामा श्रीलंकामा एक साताको अवधीका नेपालले स्थानीय क्लबसँग तीन अभ्यास खेल खेल्नेछ । नेपालले अगष्ट २२ मा आर्मी क्रिकेट टिम, २४ मा ब्लुमफिल्ड र २६ मा कोल्ट क्रिकेट टिमसँग अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली उतैबाट अगष्ट २७ मा मलेसिया जानेछ ।नेपालले अगष्ट २९ मा ओमानसँग खेल्दै एसिया कप छनोट सुरु गर्नेछ । एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागि टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।

Share.

Leave A Reply