play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

पब्लिक स्पिकिङ च्याम्पको पर्सा अडिसन सम्पन्न, भोली टाँडी अडिसन

0

भदौ ०४, चितवनमा एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको पर्सा अडिसन सम्पन्न भएको छ । ह्याण्ड इन ह्याण्ड इभेन्ट्सको आयोजनामा यही भदौं ३ गतेदेखी एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प सुरुभएको थियो । ह्याण्ड इन ह्याण्ड इभेन्ट्स अन्तरगत देवघाट अडिसन यस अघिनै सम्पन्न भैसकेको थियो भने भोली भदौ ५ गते टाँडीको न्यू क्यापिटल कलेज, ६ गते नवलपुरको कावासोतीस्थित सिदार्थ इङलिस, ७ गते गीतानगरको पारिजात इङलिस स्कूल, ८ गते गैंडाकोटको जनक उच्च मावि र भदौं ९ गते नारायणगढको उद्योग वाणिज्य संघको सभाहलमा अडिसन हुने कार्यक्रम संयोजक आचार्यले जनकारी दिएका छन् ।
अडिसनबाट छानिएका विद्यार्थीहरुलाई भदौं १६, १७ र १८ गते तालिम प्रदान गरि अन्तिम प्रतिस्पर्धाका लागि छनौट गरिने संयोजक आचार्यले जानकारी दिए । प्रतियोगिताले विद्यार्थीहरुमा लुकेको कला बाहिर ल्याउन मद्धत पुग्ने बताईएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ हजार र ट्रफी, द्धितिय हुनेले नगद १० हजार र ट्रफी, तृतीय हुनेले नगद ५ हजार र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरुले चितवन र नवलपुरका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् । सिनर्जी एफएम कार्यक्रमको आधिकारीक मिडिया रहेको छ ।

Share.

Leave A Reply