play_circle_outline On Air

कथा

play_circle_outline On Air

कथा

आनन्दकल्याण आमा समुह भरतपुर ५ को अध्यक्षमा कल्पना खनाल चयन

0

भदौ ०४, आनन्दकल्याण आमा समुह भरतपुर ५ को अध्यक्षमा कल्पना खनाल चयन हुनुभएको छ । आनन्दकल्याण आमा समुहको १९ औं साधारण सभा तथा छैठौं अधिवेसनले खनालको अध्यक्षमा ९ सदस्य कार्यसमिति निर्विरोध गठन गरेको हो । जसको उपाध्यक्षमा स्वामी माया श्रेष्ठ, कोषध्यक्षमा लक्ष्मी पोख्रेल , सचिवमा मुना सुवेदी , सह सचिवमा पार्वती सुवेदी सहित सदस्यहरुमा लक्ष्मी पौडेल, कृष्ण घर्ती, राधा भण्डारी र शुशिला ढकाल चयन हुनुभएको हो। समुहले आजनै १ लाख १२ रकम बराबरको अक्षयकोष स्थापना गरेको छ ।आम समुह मार्फ भरतपुर ५ कै राम मन्दिर संचालन तथा भौतिक संरचना निर्माण सहयोगाथ अक्षकोष स्थापना गरिएको राम मन्दिरका पुजारी मुक्तिनाथ खनालले जानकारी दिनुभयो ।
आज सम्पन्न साधारण सभाको प्रमुख अतिथि जिल्ला समन्वय समिति भरतपुर चितवनकी उपाध्यक्ष मुना कुमारी श्रेष्ठ रहनुभएको थियो । भने कार्यक्रममा भरतपुर महानगरपालिका ५ का वडा अध्यक्ष पदमपाणि सुवेदी रनुभएको थियो । आनन्दकल्याण आमा समुह भरतपुर ५ मा ११९ जना महिलाहरु आवद्ध छन्. ।

Share.

Leave A Reply