play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

विप्लव समूहका प्रवक्तालाई पुन ३ दिन हिरासतमा राख्न आदेश

0

४ भदौ ।
नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई जिल्ला अदालत काभ्रेले पुन ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । आइतबार उनलाई ३ दिन अदालतमा राख्न आदेश दिएको थियोे । आइतबार दिएको म्याद सोमबार सकिएपछि प्रहरीले १५ दिन म्याद माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिनको मात्रै म्याद दिएको हो । गत वैशाख १ गते जिल्लाको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लुसाइन स्टोन क्रसर उद्योगमा विस्फोटक पदार्थले उद्योग पूर्ण रुपमा क्षति र्पुयाइएको थियो । चारवटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त बनाइएको थियो । त्यसै घटनामा संलग्न आरोपमा प्रहरीले नेकपा (विप्लव) का केन्द्रीय सदस्य मोहन कार्की र कृष्ण धमलालाई प्रहरीले यसअघि नै पक्राउ गरी मुद्दा चलाएको भए पनि प्रकाण्डलाई प्रहरीले फरार सुचीमा राखिएको थियो ।चन्दा उठाएको आरोपमा काठमाडौंमा पक्राउ परेका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटकै सुनुवाई गर्दै गत शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । तर त्यसै दिन प्रहरीले क्रसर उद्योगमा भएको विस्फोटको मुद्दामा पक्राउ गरेको हो ।

Share.

Leave A Reply