play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

१५ करोडको लगानीमा खुल्यो भरतपुरमा कंक्रिट उद्योग

0

चितवन, ४ भाद्र ।
भौतिक पूर्वाधार निर्माणको वढ्दो क्रमलाई मध्यनजर गर्दै भरतपुर महानगरमा ठुलो परिमाणको कंक्रिट उत्पादन क्षमता सहितको भरतपुर रेडिमिक्स एण्ड प्रिकाष्ट कंक्रिट ईन्डष्ट्रिजले सोमवारवाट उत्पादन शुरु गरेको छ । भरतपुर महानगरपालिका ८ गौरीगन्जमा खुलेको सो उद्योगले प्रतिघण्टा ६० घनमिटर कंक्रिट उत्पादन गर्ने ंसञ्चालक सुदीपसिंह अधिकारीले जानकारी दिनुभयो । आवासीय घर, व्यवसायीक ठूला महलहरु, सडक, पुल लगायतमा ढलान गर्न आवश्यक पर्ने कंक्रिट उत्पादन गरी चितवन, हेटौडां, वुटवल र दमौली सम्म सेवा उपलब्ध गराउने लक्ष्य रहेको अधिकारीले बताउनुभयो । अर्का सञ्चालक जिवन धितालका अनुसार यस उद्योगवाट उत्पादित कंक्रिट प्रयोग गर्दा गुणस्तरीय ढलान हुनुका साथै उपभोक्ताको समयको समेत बचत हुनेछ । गुणस्तरीय उत्पादनका लागी जर्मनी कम्पनिका अत्याधुनिक मेशिन तथा उपकरणहरु प्रयोग गरिएको धितालले जानकारी दिनुभयो । ३० तला सम्मको ढलानलाई सजिलै कंक्रिट माथि पठाउन सक्ने उद्योगले जनाएको छ । उद्योग सञ्चालनको लागी २५ जना उद्यमीले १५ करोड रुपैया लगानी गरेको जनाइएको छ । झण्डै एक सय जनालाई रोजगारी उपलब्ध गराइएको उद्योगले जनाएको छ ।

Share.

Leave A Reply