play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

नेकपाका प्रवक्ता प्रकाण्डलाई राखियो काभ्रे प्रहरी हिरासतमा

0

भदौ,२ ।
प्रहरीले संगठित अपराधमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई पुन पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । गत साउन २२ गते चन्दा असुलीको अभियोगमा पक्राउ गरिएको कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका–६ घर भएका नेता प्रकाण्डलाई प्रहरीले शुक्रबार बेलुका सर्वोच्च अदालत परिसरबाटै फेरि पक्राउ गरिएको हो ।

पक्राउपछि प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक रविराज थपलियाका अनुसार गत वैशाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित ब्लु साईन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको जनाएको छ । पक्राउ परेका नेता प्रकाण्डलाई संगठित अपराध र आगजनी मुद्धामा आइतबार जिल्ला अदालत काभ्रेमा म्याद थप गरी आवश्यक अनुसन्धानको लागि प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply