play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

नेपालबाट कोलकाता जाने पानी जहाज प्रदेश २ बाट चल्छ ः प्रधानमन्त्री

0

भाद्र, २ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाट चल्ने बताएका छन् । शनिबार मध्यान्ह प्रदेश २ को प्रदेश सभालाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले नेपालको तीन नदीबाट पानी जहाज चाडै सुरु हुने बताएका हुन् । भारतले सीमा क्षेत्रमा बाँध बनाएर नेपाल डुबाउन नमिल्ने बताएका छन । यसैगरी सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफू तराईको विकासको लागि प्रतिवद्ध भएको दोर्होयाएका छन । उनले हरेक प्रदेशको आद आफ्नै विशेषता भएको बताउँदै तराई पनि उर्बरभूमी भएको उल्लेख गरे । यसका लागि आफू सिँचाइको लागि चाँडै भन्दा चाँडै काम गरिरहेको बताए । उनले तराइको विकासको लागि सहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट छुट्ट्याएको दाबी गरे । यसैगरी जनता आवास कार्यक्रम अनुसार प्रदेश २ को हरेक जिल्लामा १ बजार घर बनाउने योजना रहेको बताए । जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउने उनको दाबी छ। यसैगरी अबको ५ वर्षमा हुलाकी सडक पुरा गरिसक्ने पनि प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो मित्रता राम्रो भएको बताउँदै दुई छिमेकीबीचको सम्बन्ध थप मजबुत बनाउने जनाए । उनले सरकारको उद्देश्य समृद्ध नेपाल सुखी नेपाल भएको र यो दुई छिमेकी ले पनि यही चाहेको बताए ।

सभा सुरु हुनासाथ राजपाका उपेन्द्र महतो, विशेश्वर प्रसाद यादव र गौरी नारायण साहले बैठक बहिस्कार गरेर प्रदेश सभाबाट बाहिरिएका थिए । यसैगरी प्रधानमन्त्री ओलीले प्रदेश २ मा मल कारखाना खोलिने बताए । उनले उखु कृषकको सवालमा विशेष प्याकेज ल्याउने आश्वासन दिए । उनले किसानलाई अनुदान दिने पनि बताएका छन । धार्मिकस्थलको संरक्षण र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको ओलीले बताएका छन । उनले रामराजाप्रसाद सिंहको नाममा मेडिकल कलेज स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । जनकपुर फोहरमुक्त बनाउन सरकारले आवश्यक पहल गर्ने सम्बोधनको क्रममा ओलीले बताएका छन्। ल्याण्ड फिल्ड साइट निर्माण हुन नसक्दा फोहर व्यवस्थापनमा समस्या भएकोले जमीन खोज्न पहल सरकारले गर्ने उनको भनाइ थियो । सीप विकास तालिम दिएर स्वरोजगार तथा दक्ष जनशक्ति उत्पादनगरिने पनि ओलीको भनाइ छ । बाबु वा आमा एक जनाको नेपाली नागरिकता भएको छोराछोरी जन्मको अधारमा नागरिकता पाउने जानकारी पनि उनले दिए ।

Share.

Leave A Reply