play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

रेलमार्ग निर्माणका बिषयमा छलफल गर्न सरकारी उच्चस्तरीय टोली आज चीन जाँदै

0

भदौ, २ ।
काठमाण्डौ–केरुङ रेलमार्ग निर्माणका बिषयमा छलफल गर्न सरकारी उच्चस्तरीय टोली आज चीन जाँदैछ । चिनियाँ रेल विभागको निमन्त्रणामा नेपाली टोली बेईजिङ जान लागेको हो । भौतिक पुर्बाधार तथा यतायत मन्त्रालयका सचिव मधुसुधन अधिकारी नेतृत्वको टोली मध्यान्ह १२ बजे त्यसतर्फ जाने रेल विभागका सुचना अधिकृत प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो । सो रेलमार्ग निर्माणका साथै चीनले नेपालमा गर्ने भनिएका अन्य परियोजनाका बिषयमा त्यहाको रेल विभागका उच्च अधिकारीसंग छलफल गर्नेछ । त्यस्तै केरुङ काठमाण्डौ रेलमार्ग सम्भाब्यता अध्ययनका लागि गठित टोलीसँग पनि नेपाली टोलीले विशेष छलफल गर्नेछ । सो टोलीले सोमबार र मंगलबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । झण्डै १ सय किलोमिटरको काठमाण्डौ केरुङ परियोजनाका लागी चिनियाँ रेल विभागको टोलीले झण्डै एक साताको स्थलगत अवलोकन गरेको थियो ।

Share.

Leave A Reply