play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

इमरान खानले लिए शपथ, बने पाकिस्तानको २२ औँ प्रधानमन्त्री

0

भदौ, २ ।
पूर्व क्रिकेटर इमरान खानले पाकिस्तानको प्रधानमन्त्रीको रुपमा शनिबार शपथ लिएका छन् । उनले शनिबार बिहान पाकिस्तानको २२ औँ प्रधानमन्त्रीको रुपमा शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा इमरानकी श्रीमती बुशरा मेनका पनि सामेल थिइन् । इमरानको शपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा अरु क्षेत्रका अतिथि सामेल थिए । इमरान शुक्रबार संसदमा भएको चुनावबाट देशको प्रधानमन्त्रीमा निर्वा्चित भएका हुन् । इमरानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ। पिटिआई गएको जुलाईमा भएको चुनावमा देशको सबैभन्दा ठूलो पार्टी बनेको थियो । शुक्रबार प्रधानमन्त्रीका लागि संसदमा भएको चुनावबाट उनी देशको २२ औँ प्रधानमन्त्रीका रुपमा चयन भएका हुन् । उनले १७६ भोट पाए भने उनका प्रतिस्पर्धी मिस्लिम लिग, नवाजका शहबाज शरीफले ९६ भोट पाए ।

Share.

Leave A Reply