play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

धादिङमा पाँच वटा स्क्रब टाइफसका बिरामी फेला

0

धादिङ,साउन, ३१ ।
धादिङमा पहिलो पटक स्क्रब टाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पताल धादिङमा ज्वरोको उपचारका लागि आएका बिरामीको रगत जाँचका क्रममा स्क्रब टाइफस रोग फेला परेको हो । नेपालमा केही जिल्लामा केही वर्ष अघिदेखि नै योे रोगको संक्रमण फेला परेको भए पनि धादिङमा भने पहिलो पटक स्क्रब टाइफस रोगको संक्रमण देखा परेको हो । जिल्ला अस्पताल धादिङले उच्च ज्वरोको उपचारका लागि आएका बिरामीलाई शंका लागि रगतको परीक्षण गर्दा यो रोगको संक्रमण फेला परेको जनाएको छ । हालसम्म पाँच जना बिरामीमा यो रोग भेटिएको छ भने अरुमा पनि हुनसक्ने आशंका अस्पतालले गरेको छ ।

Share.

Leave A Reply