play_circle_outline On Air

मैसरिसुनाखरी

play_circle_outline On Air

मैसरिसुनाखरी

आमाले भनेकै आधारमा बच्चाको जन्मदर्ता हुने स्वास्थ्यमन्त्री

0

साउन ३० ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बाबुको पहिचान नभएपनि आमाले भनेकै आधारमा जन्मदर्ता हुने प्रस्ट आधारसहित सरकारले स्वास्थ्य विधेयक ल्याएको दाबी गरेका छन् ।
आज प्रतिनिधिसभामा पेस गरिएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयकमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले विधेयकले बाबुको पहिचान नहुनुको कारणमात्रै खोजेको भन्दै त्यसलाई महिलाहरुले आत्मसम्मान गिरेकोरुपमा लिन नहुने र त्यस्तो मनसाय नरहेको जिकिर गरे ।
उनले आमा र शिशुको स्वास्थ्यलाई केन्द्रमा राखेर नयाँ कानुन बनाउन खोजिएको भन्दै नयाँ व्यवस्थाबाट गर्भपतन र जन्म नियन्त्रणमा मद्दत पुग्ने एवं मातृशिशु मृत्युदर घटाउन सहयोग हुने बताए । स्थानीय तहका प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र र प्रसूति केन्द्र स्थापना गरिने जानकारी पनि उनले दिए ।

Share.

Leave A Reply